☰ open Loading... 25 November 2024|  

योग ध्यान र प्राकृतिक चिकित्साको हव कर्णालीलाई बनाउनुपर्छ । ः सभापति भण्डारी
पश्चिम नेपाल   | २६ आश्विन २०८०, शुक्रबार १५:०९

योग , ध्यान र प्राकृतिक चिकित्साको हब कर्णालीलाइ बनाउन हामी सबैको भूमिका आवश्यक रहेको कर्णाली प्रदेशका सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले बताएका छन् । े प्रदेश आयुर्वेद औषधालय एवम् अनुसन्धान केंद्र विरेन्द्रनगर सुर्खेतको आयोजनामा संचालित ५ दिने योगसम्बन्धी प्रशिक्षण कार्यक्रमको समापनमा प्रमुख अतिथि भण्डारीले कर्णाली प्रदेशमा भएका जडीवुटी र परम्परागत चिकित्साको संरक्षण र प्रर्वद्धन गर्न हामी सबैको महत्वपूर्ण भूमिको रहेको बताएका थिए ।

म स्वयम द्रोणाचल पर्वतको नागरिक भएकोले आयुर्वेद क्षेत्रको विकासमा सादा पतिवद्ध भएर लाग्ने धारणा राखेका थिए । कार्यक्रममा डा. शंकर प्रसाद रिजालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा कर्णाली प्रदेशका सबै आयुर्वेद औषधालयहरूको सहभागीता रहेको थियो । ५ दिने प्रशिक्षण कार्यक्रममा डा. बिनोद घिमिरेले प्रशिक्षण दिएका थिए ।