☰ open Loading... 18 May 2024|  

ट्रकमा सवार किशोरीमाथि जबरजस्ती करणी गरेको आरोप
पश्चिम नेपाल   | २७ आश्विन २०८०, शनिबार ०७:३४

किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा बैतडीमा एक चालक पक्राउ परेका छन्।

महेन्द्रनगरबाट मेलौलीतर्फ सिमेन्ट बोकेर आउँदै गरेको से १ ख १९७९ नम्बरको मिनिट्रकमा सवार एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा सोही ट्रकका चालक मेलौली नगरपालिका–७ बस्ने महेश ओझालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पीडित किशोरी अत्तरियाबाट बैतडी आउन मिनिट्रकमा बसेकी थिइन्। सोही ट्रक चाकलले उनीमाथि जबरजस्ती करणी गरेको पीडित किशोरीले प्रहरीलाई जानकारी गराएपछि चालक ओझालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

ट्रक सहित चालक ओझालाई पाटन नगरपालिका–६ हिरापुरबाट नियन्त्रणमा लिइएको निरीक्षक खत्रीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।