☰ open Loading... 24 November 2024|  

मनाङ एयरको हेलिकप्टर दुर्घटना
पश्चिम नेपाल   | २७ आश्विन २०८०, शनिबार ०८:२६

मनाङ एयरको ९एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको छ ।

रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले पुष्टि गरे। हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन आज बिहान ७:१३ मिनेट उडेको हेलिकप्टर दुर्घटना भएको हो ।

हेलिकप्टरमा पाइलटमात्रै थिए । पाइटल पिके सेढाइ सुरक्षित रहेको निर्देशक न्यौपानेले जानकारी दिए ।

नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पाइलट सेढाइलाई फिस्टेलको हेलिकप्टरले लुक्ला ल्याएको छ । उनलाई अहिले ह्याम्स हस्पिटल ल्याइँदैछ ।

‘अवतरणका क्रममा दुर्घटनामा परेको देखिन्छ, कारण खुलेको छैन, हाम्रो टोली घटस्थ्लमा पुग्दैछ, यात्रु कोइ नभएको कारणले मानवीय क्षति भएको छैन,’ सूचना अधिकारी भुलले भने ।