☰ open Loading... 7 November 2025|  

तिला नदीमा एक युवक बेपत्ता
पश्चिम नेपाल   | २९ आश्विन २०८०, सोमबार १२:५२

तिला नदीमा खसेर एकजना युवक बेपत्ता भएका छन्। कालिकोटको तिलागुफा नगरपालिका–९ का २१ वर्षिय अर्जुन उपाध्याय तिला नदीमा खसेर बेपत्ता भएका हुन्।

बाँकेको कोहलपुरदेखि दसैँ मनाउन जन्म घर चिलखाया जादै गर्दा राजमार्ग स्थित भैसिगौँडा पुलको छेउबाट चिप्लिएर बेपत्ता भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बेपत्ता भएका अर्जुनको खोजि कार्य चलिरहेको छ।

नदी किनारमा पानी खाने क्रममा उनको खुट्टा चिप्लिएर नदीमा खसेको हुन सक्ने अनुमान स्थानीयको छ। उक्त ठाउँमा पहिले पक्की पुल थियो। गत असोजको बाढीले पुल बगाएपछि स्थानीयले सास्ती खेप्नुपरिरहेको छ।

अहिले नदिमा स्थानीयलाई आवगमनको लागि काठको पुल बनाईएको छ।