☰ open Loading... 1 May 2024|  

कटुवा पेस्तोलसहित ३ जना पक्राउ
पश्चिम नेपाल   | ४ कार्तिक २०८०, शनिबार १६:५१

मोरङको धनपालथान गाउँपालिका-२ स्थितबाट कटुवा पेस्तोलसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व सुरक्षा विशेष कार्ययोजनाअनुसार प्रहरी चौकी अमाहीबरियातीबाट हिजो राति साढे ९ बजे गस्तीमा खटिएको गस्ती टोलीले धनपालथान-२ स्थित भित्री सडक खण्डमा सडक छेउमा रोकिराखेको बिआर ०६ पिए १३६२ नम्बरको स्करपियो चेकजाँच गर्दा उक्त गाडीको ड्यासबोर्ड भित्र लुकाई राखेको कटुवा पेस्टोल १ थान र ३ राउण्ड गोलीसमेत फेला पारेको हो।

गाडीमा गोली सहित कटुवा पेस्तोल फेला परेसँगै गाडी चालक सर्लाही हरीपुर्वा-७ का २७ वर्षीय रवीन्द्रकुमार यादव र गाडीमा सवार रहेका सर्लाही हरीपुर्वा-७ का २० वर्षीय कमलेशकुमार यादव र महोत्तरी गौशाला-६ का २२ वर्षीय राम दयाल यादव समेतलाई पक्राउ गरिएको हो।

पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको छ।