☰ open Loading... 20 September 2024|  

घाटी रेटिएको अवस्थामा एकै परिवारका चार जनाको शव फेला
पश्चिम नेपाल   | १० कार्तिक २०८०, शुक्रबार १८:२०

 

मुगुको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ६ मन्दमा एकै परिवारको चार जनाको शव फेला परेको छ । श्रीदेवी बोहरा र उनका तीन जना छोराछोरीको शव फेला परेको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले बताए ।

प्रमुख जिल्ला अधिकारी थापाका अनुसार घाटी रेटिएको अवस्थामा उनीहरूको शव फेला परेको हो । अहिले अहिले डीएसपी वीरेन्द्र थापाको नेतृत्वमा ११ जना र स्थानीय प्रहरी चौकीबाट ४जनासहित १५ जनाको टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको प्रजीअ थापाले बताए। 

ज्यान गुमाउनेहरूमा २८ वर्षकी श्रीदेवी उनका ११ वर्षका छोरा मनोज, आठ वर्षकी छोरी अप्सरा र आठ महिनाका छोरा रहरको शव फेला परेको हो । श्रीदेवीका श्रीमान् दिपक बोहरा भने वैदेशिक रोजगारीका लागि कतारमा रहेका छन् ।