☰ open Loading... 3 May 2024|  

मध्य रात जाजरकाेट केन्द्र भएर ६.४ रेक्टर भूकम्पको धक्का
पश्चिम नेपाल   | १८ कार्तिक २०८०, शनिबार ००:१८

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

आज कार्तिक १७ गते राती भूकम्पको धक्का महसुस गरिएको छ । राति ११ बजेर ४७ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो। जाजरकोटको शिवालय गाउँ पालिकामा केही घर चर्किएको छ भने केही मानिस घाइते भएको खबर आएको छ । पहाडी जिल्ला दैलेखमा भूकम्प पछि डरले स्थानीयहरु घर बाहिर बसेका छन् । ६.४ रेक्टर स्केलकाे भुकम्प गएकाे जनाइएको छ । भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको छ । थप विवरण आउन बाँकी छ ।