☰ open Loading... 17 May 2024|  

प्रधानमन्त्री दाहाल जाजरकोट: सिडियोसँग विवरण लिएर स्थलगत घुम्ने तयारी
पश्चिम नेपाल   | १८ कार्तिक २०८०, शनिबार ०९:२०

भूकम्प प्रभावित क्षेत्रको राहत तथा उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल, उर्जामन्त्री शक्ति बस्नेत र जनार्दन शर्मा अहिले नेपाली सेनाको हेलिकोप्टरमा जाजरकोट पुगेका छन्।

नेपाली सेनाको मेडिकल टोलीसहित उनी उद्धार तथा राहतका लागि जाजरकोट पुगेका हुन्। तीन वटै सुरक्षा निकाय खटिएका छन्। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम, जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट सुरक्षाकर्मीहरु रातीदेखिनै उद्धार कार्यमा खटिएका छन्।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले भूकम्प प्रभावित क्षेत्रमा उद्धार गरिरहेको छ। नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार, सेनाको टोली पनि गएरातिदेखि नै खोज तथा उद्दारमा खटिएको छ। थप उद्दार टोलीलाई पठाउन समेत तैनाथ राखिएको छ। प्रधानमन्त्रीसँग नेपाली सेनाको मेडिकल टोली पुगिसकेको पनि उनले जानकारी दिए।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेरसिंह कडायतका अनुसार तीन वटै सुरक्षा निकायका सुरक्षाकर्मीहरु घट्नास्थलमा उद्धारका लागि खटिएका छन्। ‘ रातीदेखि नै उद्धार कार्य भइरहेको छ, मृतकको संख्या बढनसक्ने देखिएको छ, नेपाल प्रहरीको मेडिकल टिम पनि सक्रिय छ, सेना र सशस्त्रका नजिकका युनिट समेत सक्रिय भएका छन्,सडक, टेलिफोन अवरुद्ध भएका छन् प्रहरीको टोलीले सडक खुलाउने, घाईतहरुलाई नजिकको अस्पताल पुर्याउने काम रातीबाटै गरिरहेको छ’, डिआइजी कडायतले भने।

सशस्त्र प्रहरीले नं. ३२ गण सुर्खेतबाट सशस्त्र प्रहरी निरीक्षक कविन्द्र खड्काको कमाण्डमा ३५ जनाको टोली जाजरकोटको लागि खटाएको छ। नं. ६ बाहिनी सुर्खेतबाट डा। निश्चल घिमिरेको कमाण्डमा एम्बुलेन्स सहित ४ जनाको मेडिकल टोली जाजरकोटको लागि खटिएको छ।

सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार दाङबाट विपद् उद्दारका लागि डीआरएस (डिजास्टर रेस्पोन्स सिस्टम) को कन्टेनर पश्चिम रुकुमतर्फ गइसकेको छ।

त्यस्तै, सुर्खेतबाट दुई वटा कन्टेनर जाजरकोटतर्फ गइसकेको छ। उनका अनुसार नं.२९ गण दाङबाट पश्चिम रुकुमको लागि इन्स्पेक्टरको कमाण्डमा २१ जनाको टोली खटाएको छ। आश्रित गुल्म पूर्वी रुकुमबाट इन्स्पेक्टरको कमाण्डमा११ जनाको टोली पश्चिम रुकुममा खटिएकोको छ। नं. ४२ रिजर्भ गण बाँकेबाट इन्स्पेक्टरको कमाण्डमा २५ जनाको टोली जाजरकोटको लागि खटिएको छ। सशस्त्र प्रहरीको अस्पतालबाट डा। रोशन पराजुलीको कमाण्डमा ९ जनाको (१८ जना) टोली मेडिकल सामाग्री सहित सेनाको स्काई ट्रकद्बारा पश्चिम रुकुमको चौरजहारी पुगिसकेको छ। नेपाली सेनाले पनि नजिकका यूनिटबाट राहत तथा उद्धारका लागि खटाइसकेको छ।