पश्चिम नेपाल | १८ कार्तिक २०८०, शनिबार १८:१३
शुक्रवार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको संख्या १ सय ३८ पुगेको छ । मृत्यु हुनेमा महिला ८८ र ५० जना पुरुष रहेका छन् भने १ सय ५४ जना घाईते भएका छन् ।
कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार प्रदेशका जाजरकोट, रुकुम पश्चिम, जुम्ला र दैलेखमा गरी घाईते हुनेको संख्या १६० पुगेको हो । जाजरकोटमा ६९ महिला र ३१ पुरुष गरी १०० जना मृत्यु भएको छ भने ८१ जना घाईते भएका छन् ।
त्यस्तै रुकुम पश्चिममा १९ महिला र १९ पुरुष गरी ३८ जनाको मृत्यु भएको छ भने ७३ जना घाईते भएका छन् । यसैगरी जुम्लामा २ महिला र १ पुरुष घाईते भएका छन भने दैलेखमा ३ जना पुरुष घाइते भएको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए।