☰ open Loading... 3 May 2024|  

कर्णाली सरकारले दश करोड विपद कोषमा जम्मा गर्ने
पश्चिम नेपाल   | १९ कार्तिक २०८०, आईतवार ०७:५०

कर्णाली प्रदेश सरकारले प्रदेश सरकारको विपद व्यवस्थापन कोषमा दश करोड जम्मा गर्ने भएको छ । शनिबार बसेको कर्णाली सरकारको मन्त्री परिषदको वैठकले उक्त निर्णय गरेको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री कृष्ण विसीले जानकारी दिए ।

उनका अनुसार भूकम्पबाट अति प्रावित पालिकालाई तत्काल खर्च गर्ने गरि बढीमा २५ लाख प्रदेश सरकारले उपलब्ध गराउने भएको छ ।

‘राहत तथा उद्धार लगायतका कार्यका लागि प्रदेश सरकारले अति प्रभावित, प्रभावित, साान्य प्रभावित पालिकाहरुलाई पाँच लाख देखि २५ लाख रुपैंया सम्म तत्काल पालिकाको खातामा पठाउने निर्णय गरेको छ । यस्ता पालिका प्रदेश भरिमा नौ ओटा रहेका छन् ।’ उनले भने, ‘त्यसका अलावा पीडितहरुलाई पुर्नस्थापना गर्न सरकारले कुनै कसर वाँकी नराख्ने निर्णय गरिएको छ ।’

उनका अनुसार आज प्रदेश सरकारले शोक दिवस मनाउने भएको छ । वैठकले भूकम्पमा परी ज्यान गुमाउने कर्णालीवासीको शोकमा यो दिवस मनाउने भएको हो ।

वैठकले राहत वितरण तथा पुर्नस्थापनामा एकद्धार ढंगबाट अघि बढने निर्णय गरेको छ ।

यस्तै, वैठकले जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लामा भएको क्षतिको बारेमा स्थलगत रुपमा अध्इयन तथा अवलोकन गर्न जाने र छिटा भन्दा छिटो पुर्ननिर्माण कार्यमा सहभागि हुने निर्णय गरेको बताइएको छ ।

यता, आन्तरिक मामिला तथा कानून मन्त्री एवम सरकारका प्रवक्ता कृष्ण जिसिले विहानै राहत सामाग्री पठाउन सुरु गरिएको बताएका छन् । ‘अहिले हामीले राहत सामाग्री पठाउने काम गरिरहेका छौं । यातायात सम्भावना कम भएको स्थानका लागि हेलिकप्टर तथा यातायातका साधनको पहुँच भएका स्थानमा स्थलमार्गबाट खाद्यान्न तथा लत्ताकपडा पठाइरहेका छौं ।’ मन्त्री जिसीले भने, ‘अबको हाम्रौ ध्यान राहत सामाग्री वितरण र नागरिकलाई पुर्नस्थापना गर्ने नै हो । त्यसकालागि हामी लागिरहेका छौं ।’

मन्त्री जिसीले अहिले पनि अवस्था गम्भीर भएका घाईतेलाई उद्धार गर्दै प्रदेश अस्पतालमा ल्याउने काम भइरहेको बताए । उनले आज जाजरकोटबाट एक जनालाई ल्याउन लागिएको खुलाए ।