दैलेख । नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर दैलेखमा बजार अनुगमनलाई तीव्रता दिएको छ।चाडपर्वलाई लक्षित गरेर तिहारमा बढी खपत हुने उपभोग्य सामग्रीमाथि अनुगमन गरेको हो ।
तिहार,छठजस्ता महान पर्वलाई लक्षित गरी महाबु गाँउपालिका वडा नं–४ गैडावाज बजारमा अनुगमन गरिएको महाबु गाँउपालिकाका प्रमुख प्रसाशकिय अधिकृत उदयराज उपाध्यायले जानकारी दिए ।चाडपर्वमा बढी सामानको माग र खपत हुने हुँदा बजारमा खाद्यवस्तुको कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्ने र नापतौलमा ठगी गर्नेजस्ता समस्या नहोऊन् भनेर अनुगमनलाई तीव्रता गरिएको उनले बताए ।
यस्तै महाबु गाँउपालिका दैलेखको आयोजना गरिएको बजार अनुगमनका क्रममा गुणस्तर, परिमाण र मूल्यमा उपभोक्तामाथि ठगी गरेको पाइएपछि अनुगमनलाई तीव्रता दिएको महाबु गाँउपालिका दैलेखका कार्यबाहक अध्यक्ष मञ्जु कुमारी पाण्डेले जानकारी दिइन् ।
उनले भनिन् ‘हामीले चाडपर्वलाई लक्षित गरेर महाबु गाँउपालिका भरि अनुगमन तीव्र बनाएका छौँ। अनुगमनका क्रममा बजारमा नापतौल विभागको मापदण्ड विपरीत राखिएका ढग तराजु , होटल, थोक तथा किराना पसलको अनुगमन गरेको म्याद गुज्रेका प्रकारका पे–पदार्थ तथा दैनिक उपभोग्य सामग्री भेटिएको ’ उनले भनिन् ।
अनुगमनमा कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागितामा रहेको थियो ।