☰ open Loading... 20 September 2024|  

रुकुम पश्चिममा जिप दुर्घटनाः २२ घाइते, ७ काे अवस्था गम्भीर
पश्चिम नेपाल   | ४ मंसिर २०८०, सोमबार १०:५३

रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८, गोइरीज्युलाको कालेगाउँ पुलनजिक यात्रुबाहक जिप दुर्घटना भएकाे छ ।

खोलागाउँदेखि सदरमुकाम मुसिकोटतर्फ जाँदै गरेको जिप आज बिहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी नमराज भट्टराईले बताए । उनका अनुसार, लु १ ज २२९७ नम्बरकाे जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाकाे अवस्था चिन्ताजनक रहेकाे उनले बताए ।

घाइतेहरूकाे चाैरजहारी अस्पतालमा उपचार भइरहेकाे छ । जिप तीव्र गतिमा रहेको तथा ओभर लाेडका कारण दुर्घटनामा परेकाे प्रहरीको अनुमान छ ।