☰ open Loading... 7 September 2024|  

बन्चरो प्रहारबाट एक महिलाको हत्या
पश्चिम नेपाल   | ८ मंसिर २०८०, शुक्रबार १९:१४

जुम्लामा बन्चरो प्रहारबाट एक महिलाको हत्या गरिएको छ। कनकासुन्दरी गाउँपालिका–३ ओखरपाटकी अन्दाजी ३५ वर्षकी अमृता बुढाको हत्या गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक उमेश चन्दका अनुसार सोही वडाका श्यामबहादुर बुढाले बन्चरो प्रहार गर्दा ती महिलाको शुक्रवार १२ः३० बजे मृत्यु भएको हो ।

प्रहरी निरीक्षकका अनुसार बन्चरो प्रहार गरेर हत्या गर्ने व्यक्तिलाई नियन्त्रणमा लिइसकेको छ । प्रहरीले यो घटनालाई गम्भीर रूपमा अनुसन्धान अगाडि बढाएको छ । प्रहरीका अनुसार बन्चरो प्रहार गर्ने व्यक्ति मृतक महिलाको नाताले देवर पर्दछन् ।