☰ open Loading... 14 March 2025|  

कर्मचारीको छात्रवृत्ति छोरीलाई!
पश्चिम नेपाल   | ९ मंसिर २०८०, शनिबार ०७:५८

क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालविरुद्ध संसदीय सुनुवाइ समितिमा दुईवटा उजुरी परेका छन्।

शुक्रबार उनीविरुद्धको उजुरी खोली समितिले सदस्यहरूलाई वितरण गरेको छ। उनले स्विट्जरल्यान्डबाट आएको ‘मास्टर्स अफ एडभान्स स्टडिज युरोपियन एन्ड इन्टरनेसनल गभर्नेन्स स्कलरसिप’ परराष्ट्रका कर्मचारीलाई नदिएर आफ्नी छोरीलाई दिलाएको उजुरीमा उल्लेख छ।

त्यस्तै परराष्ट्र सेवाबाट राजदूत सिफारिस गर्दा सेवा अवधि बाँकी रहेकालाई अवसर दिइनुपर्नेमा सेवानिवृत्त हुन लागेकालाई पठाउन खोजिएको उजुरी परेको हो। पौड्याल यही मंसिर २० गते सेवानिवृत्त हुँदैछन्।

पौड्यालको सुनुवाइ आइतबार गर्ने निर्णय समितिले गरेको छ। कात्तिक २ को मन्त्रिपरिषद् बैठकले पौड्याललाई राजदूत सिफारिस गरेको थियो। संसदीय सुनुवाइ समितिले गत कात्तिक १५ गते उजुरी आह्वान गरेको थियो।

यसैगरी पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपालको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाउने गरी उजुरी आह्वान गर्ने निर्णय समितिले गरेको छ।