☰ open Loading... 26 July 2024|  

जिहादी आतंकवाद विरुद्ध जनजागरण
पश्चिम नेपाल   | १४ मंसिर २०८०, बिहीबार १८:१०

रौतहट जिल्लाको सदरमुकाम गौरमा राष्ट्रिय एकता अभियानले प्रदर्शन गरेको छ ।

सो प्रदर्शनको मुख्य उद्देश्य जिहादी आतंकवाद विरुद्ध सचेतना फैलाउनु रहेको बताईएको छ । प्रदर्शनका क्रममा अभियानका कार्यकर्ताहरूले जिहादी आतंकवादविरुद्ध नारा लगाएका थिए।

कार्यक्रममा राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको प्रमुख वक्ताको रुपमा सहभागिता रहेको थियो । आफ्नो सम्बोधनमा उनले जिहादी आतंकवाद एउटा गम्भीर समस्या हो जसले देशको एकता र अखण्डतालाई खतरामा पारेको बताए । उनले सो समस्याविरुद्ध एकजुट भएर लड्नुपर्ने बताए । त्यस्तै, प्रदर्शनमा सहभागी सौरभानाथ महाराजले नेपाल निकट भबिस्य मै संघीय हिन्दु गणतन्त्र बन्ने दावी गरे।

कार्यक्रममा अभियानका मधेश सम्पर्क समितीका संयोजक विनोद सिंह, रौतहटका जिल्ला समितिका संयोजक रामनिवास सिंह, रौतहट जिल्ला समितीका सचिव गुड्डु यादव, महिला संयोजक मिना देवी दास र महिला नेत्री शुशीला देवीलगायतको पनि सहभागिता रहेको थियो ।

अभियानले जिहादी आतंकवादको विरुद्ध कडा विरोध व्यक्त गर्दैआएको छ।