☰ open Loading... 25 February 2025|  

विप्लव पक्राउ पुर्जीको विरोधमा आन्दोलन घोषणा
पश्चिम नेपाल   | १९ मंसिर २०८०, मंगलवार १५:३८

नेपाल कम्युनिस्ट पार्टीले महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मासहितका नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

काठमाडौं जिल्ला अदालतले २०७६ पुसको मुद्दामा सोमबार ३५ दिने म्याद राख्दै पक्राउ पुर्जी जारी गरेपछि मंगलबार नेकपाले संघर्षका कार्यक्रम घोषणा गरेको हो।

सरकारसँग गरिएको ३ बुँदे सहमति वितरित पुर्जी जारी भएको जनाउँदै चन्दद्वारा जारी विज्ञप्तिमा शान्ति भाँड्न अदालत र न्यायाधीश नै सक्रिय बनेको जनाएका छन्।

नेकपाले मंगलबारदेखि तीन दिने विरोधका कार्यक्रम घोषणा गर्दै साँझ मसाल जुलुस गर्ने जनाएको छ। मंसिर २० गते न्यायाधीशको पुत्ला दहन गर्ने र २१ गते देशव्यापी जनप्रदर्शन गर्ने नेकपाले जनाएको छ।