☰ open Loading... 26 July 2024|  

भ्कम्पले ६२ हजार ३०२ भौतिक संरचनामा क्षति
पश्चिम नेपाल   | २४ मंसिर २०८०, आईतवार ०९:४०

भूकम्पका कारण जाजरकोट, रुकुम पश्चिमसहित कर्णालीका सात जिल्लामा व्यक्तिगत, सरकारी र सार्वजनिक गरी ६२ हजार ३०२ भवनमा क्षति पुगेको छ। प्रहरीका अनुसार जाजरकोटमा ३४ हजार ५०१, रुकुम पश्चिममा १६ हजार ९०९, दैलेखमा दुई हजार ५४६, सल्यानमा सात हजार ५७४, कालिकोटमा ९३, जुम्लामा १२१ र सुर्खेतमा ४५ घर पूर्ण तथा आंशिक क्षति भएका छन्।

जाजरकोटमा ४४, रुकुम पश्चिममा ६, दैलेखमा २, सल्यानमा ७ वटा सरकारी भवन क्षतिग्रस्त भएका छन्। जाजरकोटमा ३३, रुकुम पश्चिममा १२, सल्यानमा ३, कालिकोटमा २ र जुम्लामा ४ वटा प्रहरीचौकीमा क्षति पुगेको छ।