☰ open Loading... 7 September 2024|  

दैलेखमा नगर प्रमुख कप तथा राष्ट्रपति रनिङ शील्ड सूरु
पश्चिम नेपाल   | ८ पुष २०८०, आईतवार १६:१५

यामराज बिष्ट
दैलेख-  दैलेखमा दोस्रो नगर प्रमुख कप तथा तेस्रो राष्ट्रपति रनिङ शील्ड प्रतियोगीता सूरु भएको छ । प्रनिनिधि सभा सदस्य सुर्य कुमारी श्रेष्ठले पानसमा दीप प्रज्जवलन पछि मार्च पास गरी कार्यक्रमको उदघाटन गरिएको हो ।
रेडक्रस माध्यमिक विद्यालयको खेलमैदान भूर्तिमा सञ्चालन हुने प्रतियोगितामा नगरपालिकाभरीका ८ ओटा विद्यालयको सहभागिता रहने प्रधानाध्यापक पदम बहादुर थापालले बताए । रेडक्रस माध्यमिक विद्यालयको आयोजना र नारायण नगरपालिका शिक्षा तथा खेलकुद शाखाको समन्वयमा प्रतियोगिता सञ्चालन हुन गइरहेको उनले बताए ।


उदघाटन कार्यक्रममा खेलक्षेत्रको विकासमा आसातित लगानी नगरिएको अवस्थामा पालिकाले यसरी बिद्यार्थीको हौसला बढाउन गरिएको यो प्रतियोगीता आफैमा सराहनीय रहेको बताइन् । प्रतिनिधि सभा श्रेष्ठले स्वास्थ्यको लागि खेलकुद आवश्यक रहेकोले खेलकुदले मानिसलाई स्वस्थ राख्न महत्त्वपूर्ण भूमिका रहने उनले जानकारी दिइन्। खेललाई सबैले प्रोत्साहन गर्नुपर्ने बताइन् ।पछिल्लो समयमा दैलेखका पालिकाले खेलकुदमा राम्रो गरेको बताइन् ।
May be an image of 4 people and text

 

यस्तै नारायण नगरपालिका दैलेखका उपप्रमुख तप्ताकुमारी थापाले स्थानीयले तहले खेलकुदमा महत्त्वपूर्ण भूमिका निभाएको बताइन् ।यो कार्यक्रमलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने उनले जानकारी दिइन् ।खेलकुदमा विकास गर्न सबै लाग्नुपर्ने उनले भनिन् ।खेल निष्पक्ष रुपमा संञ्चालन गर्नुपर्ने बताइन्।
उनले स्थानीय तहले खेल क्षेत्रको विकासकालागि सक्दो सहयोग गर्ने बताइन् ।

May be an image of 2 people, crowd and text

प्रतियोगीतामा छात्र छात्रा भलिबल, एथलेटिक, ट्याक, रनिङ दाैड लगायतको खेल हुने नारायण नगरपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख पुर्ण प्रसाद आचार्यले बताए । कक्षा ८ देखि १२ सम्मका बिदार्थी राष्ट्रपति रनिङ शील्ड प्रतियोगितामा सहभागी छन । प्रतियोगितामा प्रथम हुनेलाई शिल्ड र प्रमाण पत्र प्रदान गरिनेछ।