☰ open Loading... 25 November 2024|  

त्रिभुवन माविलाई राष्ट्रपति रनिङ सिल्डको उपाधि
पश्चिम नेपाल   | १० पुष २०८०, मंगलवार १९:४८

 

 

यामराज बिष्ट
दैलेख –दैलेखमा दोस्रो नगर प्रमुख कप तथा तेस्रो राष्ट्रपति रनिङ शील्ड प्रतियोगीता सपन्न भएको छ ।तेस्रो राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि त्रिभुवन माविले जितेको हो । मंगलबार रेडक्रस मावि भूर्ति दैलेखमा सम्पन्न प्रतियोगितामा स्वर्ण,१७ रजत र ३ कांस्य पदक सहित त्रिभुव माविले उपाधि जितेको हो ।

छात्र भलिबल तर्फ रैनादेवि मावि टाटामाखुले उपाधि जितेको छ भने द्वितीय त्रिभुवन मावि नयाँ बजार र तृतिय सरस्वती मावि दैलेख भएको छ। छात्रा तर्फ त्रिभुवन मावि नयाँ बजार दैलेख प्रथम ,रैना मावि टाटामाखु द्वितीय रेडक्रस मावि भूर्ति तृतीय भएका छन्।
यसैगरी एथेलेटिक्स तर्फ छात्रा त्रिभुवन मावि नयाँ बजारले उपाधि हात पारेको छ भने र जनता मावि दोश्रो तेस्रो बसन्त मावि, रैनादेवि मावि टाटामाखु चौथो भएको रेडक्रस माध्यमिक विद्यालयका प्रधानाध्यापक पदम बहादुर थापालले जानकारी दिए ।एथलेटिक्स तर्फ एकसय मिटर,२ सय ४सय ८सय १५सय ३हजार मिटर दौड, हाइजम्प, लङजम्प, सटफुट, त्रिपलजम्व, भलिबल लगायतका खेल समावेश गरिएका थिए । प्रतियोगिताका विजेताहरुलाई शिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरिएको उनले बताए।आर्थिक अभाव कारण सबै विद्यालय उपस्थिति नभएको प्रधानाध्यापक थापाले गुनासो गरे ।स्थानीय तहले खेलकुदमा लगानी गर्नुपर्ने उनले जानकारी दिए ।बास्तबिक खेलाडीले अवसर पाउनुपर्ने उनले भने।
यस्तै सरकारले खेलाडी लागि सहयोग गर्नुपर्ने प्रतिनिधि सभा सदस्य सूर्य कुमारी श्रेष्ठलेले बताइन् ।उनले आफुले सक्ने सहयोग गर्ने खेललाई सबैले प्रोत्साहन गर्नुपर्ने बताईन्।खेल जित्नको लागि मात्र नभई स्वास्थ्यको दृष्टिकोणले पनि उत्तिकै महत्त्वपूर्ण हुने उनले जानकारी दिइन्। नगर भित्रका खेलाडीहरू मात्र सहभागी हुन पाएकोमा पछिल्लो समय खेलकुदमा स्थानिय तहले राम्रो काम गरेको उनले बताइन् ।

नारायण नगरपालिका दैलेखका उपप्रमुख तप्ताकुमारी थापाले यो कार्यक्रमलाई सफल बनाउन सबैले सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिइन् ।उनले स्थानीय तहले खेल क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने जानकारी दिइन् । यस्ता प्रतियोगिताले बिद्यार्थीहरुमा स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गर्ने उनले बताइन् । प्रतियोगितामा नगरपालिका भित्रका विभिन्न ८ वटा विद्यालयले सहभागिता जनाएका थिए।