☰ open Loading... 5 April 2025|  

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
पश्चिम नेपाल   | १३ पुष २०८०, शुक्रबार १०:०६

बाजुराको गौमूल गाउँपालिका नजिकै मालिवनमा गएराति जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ६ घर भएका जीप धनी अन्दाजी ३८ वर्षीय देवेन्द्रनाथ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

घटमुनाबाट सिया ढुंगा जाँदै गरेको से १ ज ९८९ नंको जिप मालिवनमा अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरी निरीक्षक किशोरसिंह ऐरीले जानकारी दिए।

उनका अनुसार जिपमा सवार जय मालिका यातायात प्रालिका ‘काउन्टर प्रमुख’ मदन रोकाया घाइते भएका छन्। जिप सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ।