प्रदेश प्रहरी कार्यालय सुर्खेत र अपराध अनुसन्धान विभाग प्रहरी प्रधान कार्यालयको संयूक्त आयोजनामा प्रदेश स्तरीय अपराध अनुसन्धान समिक्षा गोष्ठीमा नेपाल प्रहरी अपराध अनुसन्धानमा अब्वल भएको सरोकारवालहरुले बताएका छन् । मुगुमा सामुहिक चार जनाको हत्यादेखि अन्य घटनामा प्रहरीले अनुसन्धान समयमै सम्पन्न गरेको भन्दै सरोकारवालाले प्रंशसा गरेका हुन् ।
अनुसन्धानको विद्यमान अवस्थाको समिक्षा गरी सुधारका क्षेत्रहरु पहिचान गर्नका लागि जिल्लाका प्रहरी प्रमुख र अनुन्धान अधिकृतहरु, अधिवक्ताहरु, न्यायाधिशसमेत सहभागी छन् । प्रदेश प्रहरी अन्र्तगत प्रहरी गण, तालिम केन्द्र लगायतबाट प्रहरी अधिकारी सहभागी छन् । सवै जिल्ला प्रहरी, अधिवक्ता, अपराध अनुसन्धान विभाग, प्रदेश कार्यालयबाट कार्यपत्र प्रस्तुत गरिएको थियो ।
त्यस्तै नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबाट प्रहरी अभिरिक्त महानिरीक्षक (एआइजी) टेक बहादुर तामाङ लगायतको टोली सहभागी थियो । गोष्ठीमा १० जिल्लाका प्रहरी प्रमुख, अनुसन्धान प्रमुख सहभागी भएका छन्् ।
कार्यक्रममा अनुसन्धानमा प्रहरीको भूमिका राम्रो देखिएको र नयाँ अनुसन्धानका नवीनतम प्रविधिहरु प्रहरीले छिटोछरितो रुपमा उपलब्धता हुनुपर्ने कार्यक्रमका मुख्य अतिथि कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीले बताए ।
शुक्रवार दिनभर भएको अपराध अनुसन्धान सम्वन्धी गोष्ठीमा जिल्लामा भए गरेका अपराध अनुसन्धान सम्वन्धी कार्यपत्र प्रस्तुत गरेका गरिएको थियो । अनुसन्धानमा विभिन्न नवीन विचारहरु अवलम्बन गर्न, अनुसन्धानमा रहेका कानुनी तथा अन्य समस्याको पहिचान गरी सुधारका उपाय अवलम्बन गर्न, साइबर कसूर अनुसन्धान सम्बन्धी नवीन कानूनी व्यवस्था र अभ्यासका बारेमा जानकारी गराई कार्यान्वयनमा एकरुपता कायम गर्नका लागि गोष्ठी महत्वपूर्ण भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख डिआइजी भिम प्रसाद ढकालले बताए । अनुसन्धानको प्रभावकारिता अभिवृद्धिको लागि अनुसन्धानकर्ता र अभियोजनकर्ताहरु बिचमा समन्वयको लागि साझा धारणा विकास गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको समेत प्रदेश प्रहरी प्रमुख ढकालले बताए ।