☰ open Loading... 7 April 2025|  

मृतक रावत र शाहको परिवारलाई सरकारले रोजगारी र राहत दिनुपर्छ: अध्यक्ष ओली
पश्चिम नेपाल   | १४ पुष २०८०, शनिबार १८:११

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनाका मृतक सुजन रावत र वीरेन्द्र शाहको परिवारलाई सरकारले रोजगारी र राहत दिनुपर्ने बताएका छन्।

शनिवार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै शर्माले सरकारले मृतक सुजन रावत र वीरेन्द्र शाहको परिवारलाई सरकारले रोजगारी र राहत दिनुपर्ने बताएका हुन्।

उनले लेखेका छन्, ‘बालकुमारी घटनामा ज्यान गुमाएका २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको परिवारजनका पीडाका खबर पढेर मन बेचैन भइरहेको छ। छोरा सुजनको अनायास हत्यापछि उनकी विधवा आमाको अवस्थाले मन पोल्छ। कोरिया जाने तयारीमा रहेका सन्तानको हत्याबाट आहत परिवारका अन्य सदस्यलाई सरकारले रोजगारी र राहत दिनुपर्छ। छानबिन समिति बनाउने र छानबिनको प्रतिवेदन घर्रामा थन्क्याउने गल्ती नहोस्।’