☰ open Loading... 26 July 2024|  

ट्र्याक्टर दुर्घटना हुँदा २८ जना घाइते
पश्चिम नेपाल   | १९ पुष २०८०, बिहीबार १२:२६

दाङमा वनबाट पात टिपेर ट्र्याक्टरमा फर्किँदै गर्दा भएको दुर्घटनामा २८ जना घाइते भएका छन्।

आज साँझ ५ः१५ बजेतिर लु २ त ५१६४ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा २८ जना घाइते भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिए।

घाइते हुनेहरू सबै गढवा गाउँपालिका–४ पर्साका रहेको प्रहरीले बताएको छ। उनीहरूको लमही अस्पतालमा उपचार भइरहेको छ।

गाडी चालक गढवा गाउँपालिका–४ पर्सा बस्ने करिब ३४ वर्षीय आशालाम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।