☰ open Loading... 7 September 2024|  

दोस्रो राष्ट्रपति रनिङ शील्ड प्रतियोगीता सूरु
पश्चिम नेपाल   | १९ पुष २०८०, बिहीबार १९:१७

दैलेखमा दोस्रो राष्ट्रपति रनिङ शील्ड प्रतियोगीता सूरु भएको छ । खेलकुद प्रतियोगिताको उद्धघाटन गर्दै भैरवी गाउँपालिका अध्यक्ष रिता कुमारी शाहीले स्वास्थ्यको लागि खेलकुद आवश्यक रहेकोले खेलकुदले मानिसलाई स्वस्थ राख्न महत्त्वपूर्ण भूमिका रहने बताइन्। खेललाई सबैले प्रोत्साहन गर्नुपर्ने उनले बताइन् ।

यस्तै गौरी माध्यामिक विद्यालय बालेकाँडामा सञ्चालन हुने प्रतियोगितामा गाउँपालिका भित्रका ५ वटा माध्यामिक विद्यालयहरु सहभागि भएको गाँउपालिकाका प्रमुख प्रसासकीय अधिकृत भुपेन्द्र थापाले जानकारी दिए । प्रतियोगितामा भलिबल छात्र छात्रा, कबड्डी छात्र छात्रा लगाएत एथलेटिक्सका विभिन्न खेलहरु हुने उनले बताए ।

करिब ३ दिन सम्म सञ्चालन हुने प्रतियोगितामा पाँच वटै बिद्यालयका १८ वर्ष मुनिका माध्यामिक तहका विद्यार्थीहरु सहभागी हुने प्रमुख प्रसासकीय अधिकृत थापाले जानकारी दिए ।