☰ open Loading... 28 September 2025|  

राजनिति गर्ने महिलाहरुमा पनि हिसां बढ्दो
पश्चिम नेपाल   | २२ पुष २०८०, आईतवार २०:२१

एक सवेक्षण अनुसार राजनिति गर्ने महिलाहरुमा पनि विभिन्न खाले हिंसा हुने गरेको पाईएको छ । राजनितिमा सक्रिय रहेका महिला विरुद्ध हुने अनलाईन हिंसा बढी हुने गरेको पाईएको हो । मधेष र कर्णालीमा सक्रिय राजनितिमा लागेका महिलाहरुसंग गरेको अध्यायनमा आफुहरु समाजदेखि कार्यस्थलसम्म विभिन्न खाले हिंसाको शिकार गरेको बताएका हुन् ।

कर्णाली फाउण्डेशनको आयोजनामा महिला राजनितिकर्मीमाथि हुने गरेको हिंसाबारे अध्यायन सार्वजनिक कार्यक्रममा उनीहरुले सामाजिक सञ्जालमा भ्रामक र घृणा सुचनाले समाजमा नकारात्मक प्रभाव पर्ने र जसले गर्दा राजनितिमा असर गरिरहेको महिला राजनितिकर्मीहरुले बताएका थिए ।

सवै दलका महिला राजनितिकर्मीहरु समेटेर गरिएको अध्यायनले महिलाको क्षमतामा प्रश्न उठाउने, बस्तुको रुपमा चित्रण गर्ने, नेतृत्वको भुमिका मै आउन नदिने, मिडियाले स्थान पनि महिलाभन्दा बढी पुरुषलाई दिने गरेको समेत गुनासो गरेका थिए ।

त्यस्तै अनलाइनमा आक्रमण बढी हुने, महिला राजनितिकर्मीको योगदानको चर्चा कम गर्ने लगायतका कुराहरु हुने गरेको पाईएको छ । महिला हिंसा सम्वन्धी कानुन सुधार गर्नुपर्ने समेत राजनितिकर्मीले आवाज उठाएका छन् ।