☰ open Loading... 14 July 2024|  

कोशी प्रदेशको सभामुखमा राप्रपाका विष्ट सर्वसम्मत निर्वाचित
पश्चिम नेपाल   | २५ पुष २०८०, बुधबार ०६:३९

विराटनगर । कोशी प्रदेशको सभामुखमा अम्मरबहादुर विष्ट सर्वसम्मत निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेले राप्रपाका उम्मेदवारलाई समर्थन गरेपछि विष्ट सर्वसम्मत भएका हुन् ।

मंगलबार विराटनगरस्थित प्रदेश सभा भवनमा बसेको नेपाली कांग्रेस र एमालेको संसदीय दल बैठकले विष्टले समर्थन गर्ने निर्णय गरेको थियो । मंगलबार बस्ने प्रदेश सभा बैठकबाट आवश्यक प्रक्रिया पुर्याएर विष्टलाई सभामुख निर्वाचित गर्ने कार्यसूची रहेको छ ।