☰ open Loading... 19 September 2024|  

मोटरसाइकल दुर्घटनामा श्रीमानश्रीमतीको मृत्यु
पश्चिम नेपाल   | २६ पुष २०८०, बिहीबार ०८:१३

मोटसाइकल दुर्घटनामा परी श्रीमानश्रीमतीको मृत्यु भएको छ । अछामको पञ्चदेव विनायक नगरपालिका –१ कुइकाका खकेन्द्र ढकाल र मैसरा ढकाल दम्पतीको मृत्यु भएको हाे ।

ढकाल दम्पती सवार भे १३ प १०७४ नम्बरको मोटरसाइकल कैलालीको कुइने सडक खण्डमा पर्ने पितमारीमा दुर्घटना परेको हो ।

अछामबाट बर्दिया हिँडेका ढकाल दम्पतीकाे मोटरसाइकल मोहन्याल गाउँपालिका वडा न.७ को पितमारी नजिकको हावा लाग्ने डाँडाबाट २ सय मिटर तल कर्णाली नदीमा खसेकाे थियाे । उनीहरुको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।