☰ open Loading... 16 November 2024|  

दाङ बस दुर्घटना : ८ मृतकको सनाखत (विवरणसहित)
पश्चिम नेपाल   | २८ पुष २०८०, शनिबार ०७:५८

गए राती नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुवाहक बस दाङको भालुबाङस्थित राप्ति नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ।

दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार गए राति १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो।

बाग्मती प्रदेश ३००१ ख. ३९१२ नम्बरको यात्रु बाहक बस अनियन्त्रित भई पुलबाट अन्दाजी २०/२५ मिटर तल राप्ती नदीमा खसेको थियो। बसमा सवार ३५ जना मध्ये ७ जना घटनास्थलमै मृत्यु भएको, ४ जनाको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको र एक जना प्रस्तावित अस्पताल भालुवाङ्ग दाङमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

अन्य घाइते २२ जना मध्य ७ जनालाई बुटवल र १ जनालाई नेपालगन्ज रिफर गरिएको छ। ६ जनाको प्रस्तावित अस्पताल भालुवाङ्गमा उपचार भइरहेको छ।

दुर्घटना भएको बस नमस्ते यातायातको रहेको प्रहरीले जनाएको छ। सल्यान निवासी वर्ष २८ का बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।

घाइतेहरुलाई स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको थियो।