☰ open Loading... 26 July 2024|  

समानुपतिक व्यवस्थाले गठबन्धन अपरिहार्य : सभापति देउवा
पश्चिम नेपाल   | ११ माघ २०८०, बिहीबार ०८:२७

नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानमा समानुपातिक प्रणाली राखेका कारण गठबन्धन अनिबार्य भएको बताएका छन् । नेपाली काँग्रेस स्याङ्जाको जिल्ला सम्मेलनको उदघाटन गर्दै सभापति देउवाले समानुपातिक निर्वाचन बनाएकाले गठबन्धन आवश्यक रहेको बताएका हुन् । समानुपातिक व्यवस्थाले कुनै पनिदलको स्पष्ट बहुमत नआउने भएकाले काँग्रेस गठबन्धन गरेर निर्वाचन र सरकार निर्माण गरेको सभापति देउवाको भनाई थियो ।

सम्मेलनमा बोल्ने नेता तथा कार्यकर्ताले काँग्रेसले गठबन्धन गर्दा क्षती बोकेको आरोप लगाएपछि सभापति देउवाले एकदलको मात्रै बहुमत आउन कठिन हुने व्यवस्थाका कारण गठबन्धन गरेको सुझाएका थिए । सत्तारुढ गठबन्धन ५ बर्ष जाने उनले बताए । यसमा काँग्रेस अडिग र प्रतिवद्ध रहेको समेत सभापति देउवाले बताए । यो देश सबैको हो उनले भने,‘पछाडी परेको समुदायले पनि सरकार र सदनमा प्रतिनिधित्व गर्न पाउनुपर्छ ।’ निर्वाचनबाट सदनमा पुग्न नसक्ने समुदायको पनि प्रतिनिधित्व हुनुपर्छ भनेर नै समानुपातिक प्रणाली राखेको उनले भने ।

मुलुकमा प्रजातन्त्रको उदयसगै धेरै विकास भएको उल्लेख गर्दै सभापति देउवाले मुलुकले अझै फड्को मार्ने बताए । नेपालमा आर्थिक उपार्जनको सम्भावना भनेको विद्युत भएको बताउदै सभापति देउवाले भर्खरमात्रै भारतसगँ विद्युत किन्ने सम्झौता भएको बताए । हाम्रो विद्युत किन्ने मुलुक भनेको भारत मात्रै भएकोले यो सम्झौतापछि मुलुक समृद्ध बन्ने बताए ।