☰ open Loading... 18 October 2024|  

बैंकको ५९औं वार्षिकोत्सवको अवसरमा उत्कृष्ट निक्षेपकर्तालाई सम्मान
यामराज बिष्ट   | ११ माघ २०८०, बिहीबार ०८:२९

दैलेख–राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय दैलेखले४जना निक्षेपकर्तालाई सम्मान गरेको छ। ५९औं बार्षिकोत्सवको अबसर पारेर दैलेखमा सदरमुकाममा आयोजना गरेको कार्यक्रममा बैंकले एउटा विद्यालय गरि उत्कृष्ट ३जना निक्षेपकतालाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा नारायण नगरपालिका वडा नं–८का मीन बहादुर खत्री नारायण नगरपालिका वडा नं –१का ईन्द्रबहादुर घर्तिमगर नारायण नगरपालिका–१का प्रभा कुमारी सिजापति र त्रिभुवन मावी नयाँ बजार दैलेखलाई सम्मान गरेको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय दैलेखका शाखा प्रबन्धक कृष्ण प्रसाद उपाध्यायले जानकारी दिए ।
यस्तै बैंकमा निरन्तर कारोबार गर्ने ३जनालाई सम्मान गरिएको छ ।सम्मान हुनेहरुमा नारायण नगरापलिका वडा नं –१का लक्ष्मण श्रेष्ठ (राजु)नारायण नगरपालिका वडा नं–७का नरेन्द्र थापा र आर वि कन्स्ट्रक्सन कम्पनी प्रा.लि लाई सम्मान गरिएको उनले बताए ।

दैलेखमा स्थापनाकाल देखि हामीले थुप्रै काम गरेको राष्ट्रिय वाणिज्य बैंक दैलेखका प्रमुख उपाध्यायले बताए ।स्थापनाकालदेखि बैंक सेवाग्राहीलाई भने जस्तै सेवा दिएको जानकारी दिए। उनले बैंकलाई सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिए।पछिल्लो समयमा जिल्लामा ३वटा शाखा संञ्चालन भएको उनले जानकारी दिए।
यस्तै आफ्नो वित्तीय अवस्था तथा परिसूचकहरु उत्कृष्ट रूपमा प्रस्तुत गर्न सफल यो बैंक बैकिङ क्षेत्रका सबै क्षेत्रमा नेतृत्वदायी भूमिका वहन गर्न सफल भएको दैलेख उद्योेग बाणिज्य संघका अध्यक्ष कुल बहादुर विकले बताए ।आउँदा दिनमा पनि बैकले भनेजस्तो सेवा दिनुपर्ने उनले बताए ।
वार्षिकोत्सब कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले राष्ट्रिय वाणिज्य बैंकले सेवाग्राहीलाई भने जस्तै सेवा दिएको बताए । बैंकका ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्न बजारको माग अनुसारका सम्पूर्ण सेवा तथा सुविधा उपलब्ध दिने उनले आग्रह गरे ।उनले राष्ट्रिय वाणिज्य बैंकलाई सबैले सहयोग माया गर्नुपर्ने जानकारी दिए। पछिल्लो समयमा राष्ट्रिय वाणिज्य बैंकले सेवाग्राही,व्यवसायी हकहितका काम गरेको समेत प्रमुख जिल्ला अधिकारी भुषालले बताए ।