☰ open Loading... 16 September 2025|  

‘समुदायमा काँग्रेस’ अभियान आजदेखि
पश्चिम नेपाल   | १६ माघ २०८०, मंगलवार १२:४०

नेपाली काँग्रेसको ‘समुदायमा काँग्रेस’ अभियान आजदेखि सुरु भएको छ। सहिद दिवसको अवसर पारेर काँग्रेसले आजदेखि औपचारिक रुपमा सुर्खेतमा पनि अभियानको सुरुआत गरेको हो।

अभियानअन्तर्गत आज सबै वडा तहमा कार्यक्रम हुने काँग्रेसले जनाएको छ।

माघ २६ गतेसम्म सञ्चालन हुने अभियानमा नेताहरूले जनताका कुरा मात्रै सुन्नेछन्।

अभियानका लागि ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि र ७ वटै प्रदेशमा शीर्ष नेता खटाइएका छन्।