☰ open Loading... 24 February 2025|  

सुरु भयो कर्णालीमा हिमपात, किसानहरुमा खुसी
पश्चिम नेपाल   | १८ माघ २०८०, बिहीबार ०९:२१

कर्णालीका हिमाली जिल्लामा हिमपात सुरु भएको छ। गयराति साढे तीन बजेदेखि हिमपात सुरु भएको हो।

जुम्लामा भने यो वर्षको पहिलो हिमपात हो। बुधवार साँझ मौसम बदली भइ बादल लागेर रातिदेखि हिउँ पर्न थालेको हो। हिमपात भएपछि चिसो अत्यधिक बढेको छ।

हिउँ पर्दा किसानहरू भने खुसी भएका छन्। भर्खरै स्याउ बगैंचा व्यवस्थापन गरेका चन्दननाथ–४ देवीप्रसाद सिम्खाडाले अब बगैंचा सप्रने आशा पलाएको बताए।

स्थानीय भक्तबहादुर बुढाका उच्च क्षेत्रमा आधा फिट र तल्लो भागमा पाँच इन्चसम्म हिउँ परेको छ।

हिउँ नपर्दा पातारासी, काञ्जिरोवा, भुरीचुला, चिमारामालिका लगायतका हिमालहरू कालापत्थर बनेका थिए।
हिउँदेबाली सुकेर सोत्तर भएका थिए। जसका कारण किसान पनि चिन्तित बनेका थिए।

यस्तै, कर्णालीको हिमाली जिल्ला मुगु, डोल्पा, हुम्ला र कालिकोटमा पनि हिउँ पर्न सुरु भएको छ।