☰ open Loading... 26 July 2024|  

सहकारीको रकम हिनामिना प्रकरणमा रेड नोटिस जारी
पश्चिम नेपाल   | २४ माघ २०८०, बुधबार १०:०४

ललितपुरको पुल्चोकस्थित सुमेरु सेभिङ एण्ड क्रेडिट सहकारीको रकम हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान थालेका भरत महर्जनविरुद्ध रेड नोटिस जारी भएको छ ।

उनीविरुद्ध चार दिनअघि नै रेड नोटिस जारी भएको प्रहरी स्रोतले जानकारी दियो । सहकारी विभाग र सहकारीका हालका सञ्चालक समितिले तत्कालीन अध्यक्ष भरत महर्जनविरुद्ध सीआईबीमा उजुरी दिएपछि अनुसन्धान थालेको थियो । महर्जनमाथि बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ ।

सुमेरु सहकारीमा करिब ३५ हजार बचतकर्ताले राखेको १० अर्ब भन्दाबढी रकम महर्जनले हिनामिना गरेको सीआईबीको अनुसन्धानबाट देखिएको छ । करिब एक वर्षअघिदेखि नै बचतकर्ताले रकम फिर्ता नपाएपछि सहकारी विभागमा उजुरी परेको थियो ।

स्रोतले जानकारी दियो । त्यतिबेलादेखि नै सहकारीका तत्कालीन अध्यक्ष महर्जन भने सम्पर्कविहीन भएका उनी बेलायतमा लुकेर बसेका छन् ।