☰ open Loading... 26 July 2024|  

एकैदिन दुई सुत्केरीको उद्धार
पश्चिम नेपाल   | २६ माघ २०८०, शुक्रबार ०५:२३

कालिकोट । कालिकोटमा एकै दिन दुई सुत्केरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । पलाँता गाउँपालिका वडा नं ₋ ६ उखाडीकी रिउली रोकाया र पचालझरना गाउँपालिका वडा नं ९ वस्ने औँशी तिरुवाको एकैदिन सुर्खेतमा हेलिकप्टरबाट उद्धार गरिएको छ ।

पलाँता उखाडीकी रिउलीलाई बिहान स्वास्थ्य चौकी नेटा पुगाएपनी उनको सुत्केरी हुन नसक्दा हेलिकप्टर मार्फत सुर्खेत रेफर गरिएको हो भने पचालझरनाकी औँशी तिरुवाको पनी आज बिहानै हेलिकप्टर मार्फत प्रदेश अस्पतालमा उद्धार गरिएको जनाइएको छ ।

सुत्केरी महिलाको नेटामा उपचार सम्भव नभएको खवर पाएपछी हामिले प्रमुख जिल्ला अधिकारी मार्फत हेलिकप्टर मगाएर सुर्खेत पठाएको पलाँता गाउँपालिका अध्यक्ष उपचार सम्भव नभएपछि उनको उद्धार गरी सुर्खेत पठाइएको पलाँता गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकायाले बताए । जिल्लाको अन्य पालिकाको तुलनामा अली बिकट पालिका भएता पनी यहाँ कसैलाई रोग र भोकका कारण मृत्यु हुन नदिने अध्यक्ष रोकायाले बताए ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यक्रम दुर्गममा प्रभावकारी बन्दैगएको छ । उनले त्यस्तो अवस्थामा महिलालाई आपत्कालीन उपचार आवश्यक पर्ने भएकाले हेलिकोप्टरद्वारा उद्धार गरिने व्यवस्था नेपाल सरकारले व्यवस्था गरेको छ ।

सडक सञ्जालको पहुँच कम भएका दुर्गम र पिछडिएका क्षेत्रका महिला प्राथमिकतामा राखिएकाले सो कार्यक्रम प्रभावकारी भएको मानिएको छ । प्रसव वेदना वा समस्या न्यूनीकरण गरी मातृशिशु मृत्यु दर कम गर्ने उद्देश्यका साथ सुरु कार्यक्रम अन्तर्गत कालीकोटमा आव २०७९–८० मा १३, चालु आवको साउनदेखि माघसम्म १३ वटा हवाई उद्धार भएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ ।

प्रमुख जिल्लाअधिकारी गणेश नेपालीले दुई वर्षयता २६ जनाको ज्यान जोखिममा परेका महिलाको हवाई उद्धार गरिएको बताए । २६ जनामा १३ जना २० वर्षमुनिका रहेका छन् । जसले बालविवाह गरेको प्रमाणित हुन्छ । गर्भवती र सुत्केरीले प्रसव अवस्थाका कारण ज्यान गुमाउनु परेकोमा हाल त्यो सङ्ख्या घटेको स्वास्थ्यको तथ्याङ्कमा उल्लेख छ । स्वास्थ्य संस्थाको सिफारिस पत्रका आधारमा प्रमुख जिल्ला अधिकारीको समन्वयमा तत्काल हवाई उद्धारका लागि सूचना दिने व्यवस्था गरिएको छ ।

महिलाको हवाई उद्धार गर्नका लागि एक जनाको सरदर लाग्ने दुई लाख रूपियाँ खर्च सरकारले व्यहोर्दैआएको छ । राष्ट्रपति उत्थान कार्यक्रम समन्वय इकाइले उद्धारका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएकाले दुर्गमका महिलाको ज्यान जोगिँदै आएको छ ।