☰ open Loading... 16 September 2024|  

एक लाख बढी बाख्रालाई खोप लगाइँदै
यामराज बिष्ट   | २७ माघ २०८०, शनिबार ०५:१८

 

 

दैलेखमा १ लाख भन्दा बढीभेडा बाख्रालाई पीपीआरविरुद्वको खोप लगाइने भएको छ। भेडा बाख्रामा लाग्न सक्ने पीपीआर रोग नियन्त्रण तथा रोकथाम गर्ने उद्देश्यले जिल्ला भरीका सबै बाख्रालाई निःशुल्क खोप लगाइने भएको हो ।

जिल्लाका करिब १ लाख १६ हजार भन्दा बढी भेडा बाख्रालाई पीपीआर विरुद्धको खोप लगाइने पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका कार्यालय प्रमुख भिम बहादुर बिष्टले बताए। यहि माघ २४गतेदेखि जिल्लाका ११वटै स्थानीय तहमा उक्त संख्यामा पीपीआरविरुद्धको खोप लगाउन सुरु गरिएको उनले जानकारी दिए ।

जिल्लामा यो अभियानलाई दुल्लु नगरपालिका –१ वडास्थित बाख्रामोड भन्ने स्थानमा एक कार्यक्रमबिच खोप अभियान सुरु गरिएको कार्याल प्रमुख बिष्टले  बताए । भेडा बाख्रामा रोगको महामारी फैलन नदिन खोप अभियान सञ्चालन गरी पिपिआर विरुद्धको खोप लगाएको उनको भनाई छ ।

दैलेखका ११वटै पालिकामा२लाख ५०हजार बाख्राहरू रहेको उनले जानकारी दिए । उनले भने जिल्लामा पर्याप्त मात्रामा खोप नभए पनि करिब आधा संख्या एक लाख १६ हजार बाख्रालाई पीपीआर खोप करिब४० हजार बढी कुखुरालाई रानिखेत खोप बगुरलाई स्वाइन फिवर खोप लगाउने लक्ष्य तय गरिएकोे बताए ।खोप अभियान कर्णाली प्रदेशका सबै जिल्लामा सुरु भएको छ ।