☰ open Loading... 20 September 2024|  

सुर्खेतमा ‘आमा’ मेमिनार हुँदै
पश्चिम नेपाल   | २६ माघ २०८०, शुक्रबार १३:००

मानवसेवा आश्रमले मानवता प्रवद्र्धन महा अभियान अन्र्तगत आमा सेमिनार सुर्खेतमा गर्न लागेको छ । माघ २७ गते शनिवार सुर्खेतमा आश्रमले ‘धर्तीमै छ सवै चिज खोजे मिल्छ घरी घरी, तर जन्मदिने आमा बाबा पाईदैन कसै गरी’ भन्ने मुल नाराका साथ आमा सेमिनारको आयोजना गर्ने भएको हो ।

सिद्धार्थ होटलमा शनिवार २ वजेदेखि ५ बजेसम्म सेमिनारको हुने जनाईएको छ । कार्यक्रममा मानवता, राष्ट्रियता, परोपकार, राष्ट्र प्रेम, र आफुलाई जन्मदिने आमा बुवाको महत्व बोध गराई, प्रेम, सद्भाव, करुणालाई जन जनमा , मन मनमा पु¥याउने उद्देश्यले आमा सेमिनार गर्न लागेको मानवसेवा आश्रमका केन्द्रिय महासचिव सुसिला केसीले बताईन् । सेमिनारमा ५ सय जना सहभागी हुने जनाईएको छ । आमा सेमिनारको बारेमा आश्रमको कर्णाली प्रदेश संयोजक सन्जिता गौतमले प्रकाश पारेकी थिईन् ।

आश्रमले नेपालका ४५ जिल्लामा आमा सेमिनार गर्ने कार्यक्रम तय गरेको छ । कार्यक्रमको प्रमुख प्रशिक्षक मानवसेवा आश्रमका केन्द्रिय संस्थापक अध्यक्ष रामजी अधिकारी रहेका छन् । कार्यक्रममा मुख्य अतिथि कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा रहने जनाईएको छ ।