☰ open Loading... 26 July 2024|  

१६ वर्षका बालक मृत फेला
पश्चिम नेपाल   | २६ माघ २०८०, शुक्रबार १७:०५

मलामीबाट फर्केका एक बालक दुई दिनपछि मृत फेला परेका छन् । २४ गते साँझ साडे ७ बजे आफन्तबाट घरतिर फर्केका आठविस नगरपालिका –८ ढलेवाझका १६ वर्षका आकाश नेपाली शुक्रवार जंगलमा मृत फेला परेका हुन् ।

घर आउने बाटोदेखि २ किलोमिटरभित्र भित्र जंगलको भिरालो भागमा मृत भेटिएका छन् । रार्कमकर्णाली र दुल्लुबाट प्रहरी टोली घटनास्थल पुगेको छ । आफन्तहरुले बालकको हत्या भएको आंशका गरेका छन् । आकाश स्थानीय कालिका माध्यमिक विद्यालय तिलेपाटामा अध्यानरत थिए ।

रार्कमकर्णालीमा मलामी पुगेर फर्किएका उनी वेपत्ता भएको प्रहरीमा विहिवार खवर आएपनि खोजतलास गर्दा आज (शुक्रवार) हिड्ने बाटोदेखि धेरैभित्र जंगलमा बालक मृत फेला गरेको दैलेखका प्रहरी प्रमुख (डिएसपी) किशोर लम्सालले बताए । प्रहरीले अनुसन्धान गरेपछि हत्या वा भिरबाट लडेर मृत्यु भएको थाहा हुने डिएसपी लम्सालले बताए ।