☰ open Loading... 7 September 2024|  

सहयोग पाएपछि पहिरो पिडित सुखि
पश्चिम नेपाल   | २८ माघ २०८०, आईतवार ०७:०७

दैलेख –नारायण नगरपालिका–४ भिरमैराका पहिरो पडितले सहयोग पाएपछि खुसि भएका छन् । प्रदेश सरकारले सहयोग गरेपछि केही सहयोग मिलेको नारायण नगरपालिका ४भिरमौराका तेज बहादुर मिल्लको बताए ।
कुलो निर्माणको लागी कृषि विकास निर्देशनालय कर्णाली प्रदेशले ७लाख, कर्णाली प्रदेश उधोग, पर्यटन वन तथा वातावरण मन्त्रालयले १०लाख पहिरो न्यूनीकरणको लागी नगद सहयोग उपलब्ध गराउने निर्णय गरेपछि केहि राहत मिलेको नारायण नगरपालिका ४ भिरमैराकी लक्ष्मी कुमारी बोगटीले बताइन् ।उनले अझै स्थानिय सरकार, प्रदेश सरकारले केही बजेट सहयोग गर्नुपर्ने बताइन् ।

यस्तै बिकाशका नाममा भिरमैराका किसानको खेति बगाएपछि ठूलो क्षति हुन गएको रायण नगरपालिका–४ स्थित ठाडीखोला बस्ने गौराकुमारी बिकले गुनासो गरिन्। २०७४सालमा जथाभावी खनिएका सडकले खेतलाई क्षति पुगेको जानकारी दिइन् ।घटना घटेको ५वर्ष पुग्न लाग्दा पिडितले सरकारबाट आश्वासन मात्र पाएको राहत पाउन नसकेको पहिरो पिडित विकले बताइन् ।

यस्तै सडक पुर्‍याउने नाममा यहाँका गाउँघरमा जथाभावी खनिएका सडकका कारण अहिले पहिराको जोखिम बढ्न थालेको पदम कुमारी थापाको भनाई छ।उनले प्रदेश सरकारले सहयोग गरेपछि पुरिएका खेति योग्य जमिनको पुनःव्यवस्थापन गर्न सिचाँई कुलोको निर्माण सुरु गरेको बताइन्।जिल्ला खाद्य अधिकार सञ्जाल दैलेख ,फियान नेपाको पहलमा पहिरो पडितको समस्या स्थानिय सरकार, प्रदेश सरकार समक्ष माग राखेपछि केहि सहयोग मिलेको उनले जानकारी दिइन्।

पहिरो पिडितको समस्या सावधान गर्ने प्रदेशलाई सहयोग गर्न आग्रह गर्दा केही वजेट समेत आएको फियान नेपालका प्रकाश नेघीले बताए ।जथाभावी सडकको ट्रयाक खन्दा पहिराको जोखिम बढेको उनको आरोप छ।