☰ open Loading... 26 July 2024|  

जनताको पक्षमा काम गर्ने पार्टी भनेको एमाले हो–शंकर पोखरेल
पश्चिम नेपाल   | २७ माघ २०८०, शनिबार २०:२८

दैलेख– नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताको पक्षमा काम गर्ने पार्टी नेकपा एमाले मात्रै रहेको दाबी गरेका छन् ।शनिबार नेकपा एमाले दैलेखको आठौं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले एमाले सरकारमा हुँदा विकासले फड्को मारेको बताए ।
उनले वर्तमान सरकारलाई एमालेले जस्तो लोकप्रिय काम गरेर देखाउन चुनौती दिदै कांग्रेस, माओवादी एमालेबाट त्रसित रहेको आरोप समेत लगाएका छ्न ।उनले सत्तारुढ दल सरकार सत्ताको खेलमा मात्र व्यस्त भएको भन्दै विकास निर्माणका काम अलपत्र परेको र ऋण दिनानुदिन बढिरहेको दाबी गरे ।
भारतीय नाकाबन्दी जस्ता किठनाईको बेला नागरिकहरुमा भरोसा जनाउने र देश स्वाभिमान बढाउने काम गरेको बताउदै महासचिव पोखरेलले नेकपा एमालेले सत्ता सञ्चालन अवसर पाए मध्यपहाडी राजमार्ग, पुष्पलाल राजमार्ग, हुलाक राजमार्ग, ठूला विद्युतीकरण लगायतका राष्ट्रिय गौरबको आयोजना प्राथमिकता राखेर काम गर्ने समेत बताए ।

त्यसैगरी नेकपा एमाले पोलिटव्यूरो सदस्य यामलाल कँडेलले देशको कम्यूनिष्ट आन्दोलनलाई संगठित गर्ने क्षमता राख्ने एमाले मात्र भएको बताए। अहिलेको प्रचण्ड सरकाले नागरिकको हित अनुसारका काम गर्ने नसकेको जिकिर उनले गरे । जनताले भरोसा गर्ने पाटी (एमाले) मात्र भएको बताउर्दै उनले भने अहिले नेपाली काँग्रेस प्रचण्डको टेको बिना अडिन नसक्ने हालतमा पुगेको बताए ।

उद्घाटन कार्यक्रममा नेकपा एमाले दैलेखका कार्यवहाक जिल्ला अध्यक्ष प्रेमबहादुर बुढाको अध्यक्षमा भएको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलावजंग शाह, अनेमसंघका केन्द्रीय सचिव मीनासिंह रखाल, पार्टीका जिल्ला सचिव तिलक रिजाल, सहसचिव गंगाराम दाहाल लगायत नेताले जिल्लाको राजनीतिक एमालेको सांगठनिक अवस्था विषयमा बोलेका थिए ।