☰ open Loading... 7 September 2024|  

जिल्ला प्रशासन कार्यालयलाई खाद्यअधिकार समुहले बुझायो ज्ञापन पत्र
पश्चिम नेपाल   | २८ माघ २०८०, आईतवार १७:२४

 

दैलेख–जिल्ला खाद्य अधिकार सन्जालले जिल्ला प्रशासन कार्यालय दैलेखलाई ज्ञापन पत्र बुझाएको छ ।आईतबार कार्यालयमा पुगेर जिल्ला खाद्य अधिकार सन्जा,फियान नेपालको अगुवाईमा ज्ञापन पत्र बुझाएको हो ।
दैलेख सदरमुकाममा रहेका होटलमा भएका खाना नास्ता प्रभावकारी बनाउन,होटलमा सरसफाइमा ध्यान नदिएको पाइएकोर्ले ज्ञापन पत्र बुझाएको जिल्ला खाद्य अधिकार सन्जाल दैलेखकी सदस्य, सेतो गुराँस बालविकास सेवा,दैलेखकी निर्देशक राधा मल्लले बताईन् ।यस्तै नारायण नारायण नगरपालिकिा वडा नं –१नमुना बस्तीमा जथाभावी फालिएको अखाद्य बस्तुहरुको व्यवस्थापनको लागी ज्ञापन पत्र बुझाएको बताएको छ।ज्ञापन पत्र भनिएको छ,अखाद्य बस्तुको व्यवस्थापन, बजार अनुगम गर्न आग्रह समेत गरिएको छ ।

जिल्लाका बिभिन्न स्थानमा अखाध्य बस्तुको बिक्री भएको,तोकिएको मुल्यभन्दा बढी रकम लिएको र सरसफाइमा ध्यान नदिएको भन्ने सुचनाको आधारमा प्रशासन, घरेलु लगाएतका सम्बन्धित निकायहरुले बजार अनुगमनलाई तीब्रता दिने प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए।अनुगमनका क्रममा होटलले आवश्यक सरसफाईको गर्न आग्रह गरिने यदि सरसफाई नभएको पाएमा कारबाही गरिने समेत उनले बताए ।अनुगममा सम्बन्धित पालिकाले पनि चासो राख्नुपर्नेे उनले जानकारी दिए ।