☰ open Loading... 24 November 2024|  

हिउँ पन्छाएर सडक सुचारु
पश्चिम नेपाल   | १३ फाल्गुन २०८०, आईतवार ०५:१२

मुगु । हिउँ परेर अवरुद्ध रहेको नाग्म गमगढी खण्डको हिउँ हिजो बिहीबार र शुक्रबार दुई दिन पन्छाएर सडक सुचारु गरिएको छ ।

सडक डिभिजन कार्यालय जुम्लाको टिमले नाग्म- गमगढी सडकको बुलबुले,सिप्टिचौर र सातमोड घुच्ची लेखमा जमेको हिउँ पन्छाएर सडक नियमित सुचारु गरेको हो । मंगलबार, बुधबार र विहीबार दिउँसो-राती हिउँ पर्दा यो खण्ड अबरुद्ध भइ सवारी साधन चल्न सकेका थिएनन् ।

विहीवार र शुक्रवार दिनभरि सडक डिभिजन कार्यालय जुम्लाले स्काभेटर र सडक रक्षकहरु लगाएर हिउँ पन्छाएर सडक सुचारु गरेको सुपरभाइजर जग्गी विकले जानकारी दिए । उनका अनुसार झाड्नौला देखि सातमोड,सिप्टिचौर हुँदै बुलबुलेसम्मको सडक खण्डमा जमेको हिउँ पन्छाइएको छ ।

उच्च हिमाली क्षेत्र रहेको कर्णाली राजमार्ग अन्तरगत नाग्म- गमगढीको सडकको यो खन्डमा हिउँदमा हिउँ परेर र वर्षामा पानीले पहिरो र रुख ढलेर सधै सडक अबरुद्ध हुँदै जान थालेपछि पछिल्ला बर्षहरुमा १ दिन पनि सडक अबरुद्ध नहोस भनेर सडक डिभिजन कार्यालयले यी सिजनमा सडक रक्षक र स्काभेटर तैनाथ अबस्थामा राख्दै आएको छ ।