☰ open Loading... 2 May 2024|  

३८ वर्षपछि कालिकोटको सुनथराली विमानस्थल उद्घाटन
पश्चिम नेपाल   | १५ फाल्गुन २०८०, मंगलवार ०९:२४

कालिकोटको सुनथराली विमानस्थलको उद्घाटन भएको छ। उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन्।

उद्घाटनको दिन आज विमानस्थल नेपाल एयरलाइन्स र यति एयरको विमान अवतरण भएका छन्।

उक्त विमानस्थलको निर्माण झन्डै ३८ वर्ष अघिदेखि सुरु भएको थियो।

निर्माण पूरा भएको डेढ वर्षमा उद्घाटनको मिति तीन पटक तय गरिएको थियो। तीनै पटक उद्घाटनको भाका नाघेपछि चौथो पटकमा उद्घाटन भएको हो।