☰ open Loading... 5 February 2025|  

दैलेख महोत्सवमा प्रमुख अतिथि बाहेक कसैले पनि बोल्न पाएनन्
पश्चिम नेपाल   | १७ फाल्गुन २०८०, बिहीबार १८:३७

आजबाट जारी तेस्रो कर्णाली प्रादेशिक औद्योगिक ब्यापार मेला तथा दैलेख महोत्सवमा प्रमुख अतिथिका रुपमा आएका नेपाली काँग्रेसका उपसभापति तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धन राज गुरुङ्गले बाहेक अरु अतिथिहरुले बोल्न पाएनन् ।

उद्योग बाणिज्य संघका अध्यक्ष कुलबहादुर विकले महोत्सवका अतिथिहरुलाई स्वागत र महोत्सवका बारेमा केही कुरा बोल्न पाएपनि अन्य विशेष अतिथि, अतिथिहरुले बोल्न पाएनन् ।

प्रमुख अतिथि गुरुङ्गले आफुले बोलेपछि अरु अतिथिहरुले बोल्न नमिल्ने भनेपछि कार्यक्रमको सेडुल नै परिवर्तन भएको जनाईएको छ ।

महोत्सवमा पुगेका संघिय सांसदहरु अमरबहादुर थापा, दिक्पाल शाही, सिता राना, कर्णाली प्रदेशका पर्यटन मन्त्री कृष्णकुमार विसी, प्रदेश सांसदहरु पूर्णबहादुर खत्री, घनश्याम भण्डारी लगायत जिल्लाका जनप्रतिनिधिहरु, उद्योग बाणिज्य महासंघबाट सहभागी थिए । कुनै पनि अतिथिहरुले बोल्न नपाएरै कार्यक्रमबाट फर्किएका थिए ।