☰ open Loading... 13 March 2025|  

नामिबियासँग भिड्दै नेपाल, जित निकाल्न नसके फाइनलबाट बाहिरिने जोखिम
पश्चिम नेपाल   | १८ फाल्गुन २०८०, शुक्रबार ०८:००

त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेपालले आज फेरि नामिबियासँग खेल्न लागेको छ। आफ्नो तेस्रो खेल खेल्न लागेको नेपाल आजको खेलमा जित्नै पर्ने दबाबमा छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेपाल र नामिबियाबीचको खेल बिहान ११ः३० बजे सुरु हुनेछ।

यसअघि आफ्नो पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको नेपाल आजको खेलमा जितको लक्ष्यसहित मैदान उत्रने छ।

शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राख्न आजको खेलमा नेपालका लागि जित आवश्यक छ। यदि आजको खेलमा नेपाल पराजित भए औपचारिक रुपमै फाइनल दौडबाट बाहिरिनेछ।

हालसम्म २ खेल खेलेको नेपाल दुबैमा पराजित भएको छ।