पश्चिम नेपाल | १९ फाल्गुन २०८०, शनिबार ०८:१६
कर्णाली प्रदेशमा मानव अधिकार उल्लङ्घनका घटना बढ्दो क्रममा रहेको पाइएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रकाशन गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का अनुसार कर्णाली प्रदेशमा सन् २०२३ मा ४ सय ९९ जना व्यक्ति पीडित भएका छन् ।
इन्सेकले अभिलेख गरेका घटनामा एक वर्षको अवधिमा ४० जना राज्यपक्षबाट र ४ सय ५९ जना गैरराज्यपक्षबाट पीडित भएका छन् ।