☰ open Loading... 26 July 2024|  

भिरबाट खसेको ढुङ्गा लागेर १ जना मृत्यु
पश्चिम नेपाल   | २१ फाल्गुन २०८०, सोमबार ०५:२३

जिल्लाकोपुर्बी उत्तरी भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकामा शनिबार बाटोमाथिको भिर पाखाबाट ढुंगा खस्दा १ जनाको मृत्यु भएको छ ।

मुगुम कार्मारोङ गाउँपालिका-६ रिउस बगरमा रहेको जलविद्युतमा काम गर्न घरबाट हिडेका सोही गाउँपालिका-५सेरोग गाउँका ५० वार्षिय कोन्जोक लाक्याप लामाको छेवा थान नजिकैको बाटो माथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको हो ।

गाउँ पालिकाको वडा न ६रिउस बगरमा कादुरि नामको एक संस्थाले निर्माण गरेको विद्युतगृहको नहर गएको बर्खा महिनामा बाढी र पैरोले क्षति गरेपछि सोही गाउँपालिका सेरोग गाउँको काम गर्ने पालो र ६ नम्बर वडाको रिउस गाउँको पालो आज १९ गते परेको थियो । उक्त काम गर्न आउदै गर्दा शनिबार बिहान ९ बजे तिर पुलुको छेवाथान नजिकैको माथिको पाखा बाट खसेको ढुङगा लागेर घाइते भएका थिए ।

उक्त घाइते लामालाई स्थानीय बासी र पुलु प्रहरी चौकीले उद्दार गरि पुलु स्वास्थ चौकीमा पुर्याएका थिए । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल गमगढि लैजादै गर्दा बीच बाटोमा मृत्यु भएको सोही गाउँपालिका वडा न ५ का वडा अध्यक्ष धाबा साङबो लामाले जानकारी गराए ।