☰ open Loading... 1 June 2025|  

बस दुर्घटना हुँदा ४ जनाको मृत्यु
पश्चिम नेपाल   | २३ फाल्गुन २०८०, बुधबार ०७:५८

रुपन्देहीको पडरियाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा ४ जनाको मृत्यु भएको छ। आज बिहान ५ बजेतिर रुपन्देहीको पडरियाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस गति अनियन्त्रित भई त्रिशुली नदीमा खसेको हो।

सशस्त्र प्रहरी बल १ नम्बर गणका सशस्त्र पंहरी उपरिक्षक रामजंग पाण्डेका आदमघाटका अनुसार लु २ ख २१२१ नम्बरको बस आज बिहान धादिङगको गजुरी गाउँपालिका ५ घाटबेँसीस्थित पृथ्वी लोकमार्गमा दुर्घटना भएको हो।

उनले दुर्घटनामा परेका ३३ जनाको जिवितै उद्दार गरिएको र उपचारका लागि गजुरी अस्पताल पठाइएको बताए।

दुर्घटनामा परी मृत्यु भएकाहरूको सनाखत हुन बाँकी रहेको पनि उनले बताए।

दुर्घटना भएको स्थानमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डिएसपीको कमान्डमा १६ जनाको टोली र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमान्डमा ६ जना गोताखोर सहित २२ जनाको टोली खटिएको पनि उनले जानकारी दिए।