☰ open Loading... 17 May 2024|  

सुनको मूल्यमा नयाँ रेर्कड, तोलामा १ लाख २५ हजार रुपैयाँ पुग्यो
पश्चिम नेपाल   | २४ फाल्गुन २०८०, बिहीबार १२:४७

नेपाली बजारमा बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २५ हजार तोकिएको छ।

बुधबार प्रतितोला १ लाख २३ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १५ सयले बढेर नयाँ रेकर्ड कायम भएको हो।

यस्तै आज तेजाबी सुन पनि तोलामा १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ।

आज चाँदी तोलामा १ हजार ४७० रुपैयाँमा कारोबार भएको छ। यसअघि बुधवार चाँदीको मूल्य प्रतितोला १४ सय ४० रुपैयाँ कायम थियो।