☰ open Loading... 25 February 2025|  

दुर्घटनामा परी एकको मृत्यु
पश्चिम नेपाल   | २४ फाल्गुन २०८०, बिहीबार १३:२६

सडक दुर्घटनामा परी एकको मृत्यु भएको छ। टिपरले साइकल यात्रीलाई ठक्कर दिँदा मधुवन नगरपालिका– ५ का ४९ वर्षीय धर्मबहादुर थापाको बुधबार साँझ मृत्यु भएको हो।

कोठियाघाटबाट सानोश्रीतर्फ आइरहेको भे १ ख १४८१ नम्बरको टिपरले बुधबार साँझ मधुवन नगरपालिका– ५ को ८ नम्बर चोकमा थापालाई ठक्कर दिएको थियो। थापाको घटनास्थलमै मृत्यु भएको थियो।

मृतकको शव अझसम्म उठ्न सकेको छैन। मृतक परिवारले बिहीबार बिहानदेखि राजापुर गुलरिया सडक खण्ड बन्द गरेका छन्। बाटो खुलाउने प्रयास भइरहेको छ। छलफल जारी छ। टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।