☰ open Loading... 3 May 2024|  

दैलेख महोत्सव समय थपिएपछि विद्यालयको विरोध
पश्चिम नेपाल   | २८ फाल्गुन २०८०, सोमबार ११:४३

दैलेख महोत्सव म्याद थपिएसंगै महोत्सव आसपासमा रहेका विद्यालयहरुले एक विज्ञप्ती जारी गरेर विरोध गरेका छन् । चैत्र १ गतेदेखि बार्षिक परिक्षा तय भएको बेला महोत्सवले असर गर्ने भन्दै उनीहरुले थपिएको महोत्सवको म्याद रोक्नुपर्ने बताएका हुन् ।

परिक्षाको अवधीमा विद्यार्थीलाई होहल्लो असर गर्ने भन्दै उनीहरुले महोत्सव रोकिनुपर्ने जनाएका छन् । उनीहरुले २०८० फागुन १० गते उच्च अदालत सुर्खेतले विद्यालय क्षेत्र आसपास मेला महोत्सव नगर्न गरेको आदेश विद्यालयले परिक्षाको समयमा पालना गर्न महोत्सव आयोजक संस्था दैलेख उद्योग बाणिज्य संघलाई भनेका छन् ।

त्यस्तै स्थानीय ब्यापारीहरुले पनि महोत्सव नथपिनुपर्नेभन्दै विरोध गरेका छन् ।